Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको सजाय

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको सजाय

  • काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ब्राजिलको सर्वोच्च अदालतमा बोल्सोनारो विरुद्ध पाँच फरक-फरक आरोपमा २७ बर्ष तीन महिनाको सजाय सुनाएको हो । पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले उनलाई पाँच मुद्दामा दोषी ठहर गरेका छन् ।

    AGNI GROUP

    प्यानलले बोल्सोनारोलाई विद्रोहको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै राम्रो सम्बन्ध रहेका बोल्सोनारोको योसँगै राजनीतिक भविष्य पनि सकिएको विश्लेषण गरिएको छ ।

    यो पहिलो पटक होइन जब जैर बोल्सोनारोलाई शासन र अधिकारीहरूको विरुद्धमा गएको आरोप लगाइएको छ । यसअघि आफ्नो सैन्य करियरको क्रममा, बोल्सोनारोलाई १९८६ मा सेनामा कम तलबको मुद्दा उठाउन एक समाचार पत्रिकालाई अन्तर्वार्ता दिएको आरोप लगाइएको थियो, जुन सैन्य नियमहरू विरुद्ध थियो ।

    यद्यपि, उनको कदमको त्यतिबेला प्रशंसा गरिएको थियो । १९८७ मा, बोल्सोनारो अर्को मुद्दामा फसेका थिए । १९८६ मा बोल्सोनारोको अन्तर्वार्ता लिने पत्रिकाले जैरले आफ्ना साथीहरूसँग मिलेर रियो दि जेनेरियोमा सैन्य एकाइहरूमा बम राख्ने षड्यन्त्र गरेको खुलासा गरेको थियो । पत्रिकाले स्केच र षड्यन्त्रको बारेमा जानकारी पनि प्रकाशित गर्‍यो र सबै स्केचहरू बोल्सोनारो आफैंले बनाएको दाबी गरिएको थियो ।

    २०१८ मा, सैन्य अधिकारीहरूले यस मुद्दामा सर्वसम्मतिले उनलाई दोषी पाए । यद्यपि, सर्वोच्च सैन्य अदालतका अनुसन्धान अधिकारीले उनलाई निर्दोष ठहराउन जोड दिए । अन्ततः अदालतले उनलाई निर्दोष मुक्त गर्यो ।

    यो निर्णय पछि, बोल्सोनारो १९८९ मा ब्राजिलको राजनीतिमा प्रवेश गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij