Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रधानमन्त्री सुशीला कार्कीलाई मोदीको बधाई

प्रधानमन्त्री सुशीला कार्कीलाई मोदीको बधाई

  • काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मोदीले कार्कीलाई बधाई दिदै नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    मोदीले भनेका छन्- 'नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ '।

    यस अघि भारत सरकारले शुक्रबार रातिनै नेपालमा अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो ।शुक्रबार राति नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनेकी हुन् ।

    जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij