Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बन्द भएका चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी

बन्द भएका चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी

  • काठमाडौं । बन्द भएका चलचित्र हलहरू भोलिबाट खुलाउने विषयमा चलचित्र संघले छलफल सुरु गरेको छ । गत भदौ २३ र २४ गते जेन जीहरूले गरेको आन्दोलनका कारण बन्द भएका हलहरू भोलिबाट पुनः सुचारु गर्ने विषयमा चलचित्र संघका पदाधिकारी र वितरकहरुबीच छलफल सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार सकेसम्म भोलिबाट हलहरू सुचारु हुनसक्नेछ । उनले भने, ‘भोलिबाट हलहरू खुलाउने विषयमा छलफल सुरु गरेका छौँ । वितरकहरूसँग पनि छलफल गर्दैछौं । परिस्थिति सहज हुँदै गएकाले भोलिबाट हल खुल्ने सम्भावना छ ।’

    AGNI GROUP

    तर, सरकारले शोक बिदा दिन्छ कि दिँदैन भन्ने कुराले अलि अन्योल थपिरहेको उनले बताए । यदि सरकारले शोक बिदा दिएमा भने हल खोल्न अलि ढिलाइ हुनसक्ने महर्जनको भनाइ छ ।

    शोक बिदा दिनलाई मन्त्रीपरिषद्ले निर्णय गर्नुहुन्छ । अहिलेसम्म मन्त्रीहरू नै नियुक्ति नभइसकेकाले तत्काल शोक बिदा दिने सम्भावना भने कम देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij