Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन

फ्याँकिएको ५ लाख फिर्ता

फ्याँकिएको ५ लाख फिर्ता

सुरेश देउलाले फेला पारेर प्रहरीले बुझाएका छन् ।

  • ललितपुर । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा जेनजी प्रदर्शनको क्रममा भएको लुटपाटको रकम ललितपुरका सुरेश देउलाले फेला पारेर प्रहरीले बुझाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    ३७ वर्षीय देउलाले लुटपाटको क्रममा बाटोमा भेटेको कुल ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् । यसमा ५०० रुपैयाँ दरका नयाँ नोट ५ लाख र खुद्रा १० हजार ५०० रुपैयाँ समावेश छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार, जेनजी आन्दोलनको फाइदा उठाउँदै बैंकमा आक्रमण गर्ने समूहले पैसा लुट्ने प्रयास गरेको थियो । देउलाले लुटपाटको भिडियो खिच्दा लुट्ने समूहका एकजनाले पैसा छाडेर भागेका थिए । त्यसपछि उनले फेला परेको रकम आज प्रहरीलाई बुझाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij