Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालुवाटारको मूल भवन सुरक्षित, प्रधानमन्त्री कार्की त्यहीँ बस्न थालिन्

बालुवाटारको मूल भवन सुरक्षित, प्रधानमन्त्री कार्की त्यहीँ बस्न थालिन्

  • काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की शपथ ग्रहणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् ।

    onlinepatrika
    Arghakhachi
    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार भएको आगजनीका क्रममा बाहिरी भागमा क्षति पुगे पनि मूल भवन सुरक्षित रहेका कारण त्यहिँ बस्न थालेको मुख्यसचिव एकनारायण अर्यालले नेपाल प्रेससँग बताए ।

    उनका अनुसार प्रदर्शनकारीले गाडीमा आगजनी र केही भवनमा तोडफोड गरे पनि प्रधानमन्त्री बस्ने मूल भवनमा क्षति पुगेको छैन ।

    AGNI GROUP

    प्रधानमन्त्री कार्कीले आफ्नो निजी निवासमै बस्ने बताए पनि सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मी लगायतको व्यवस्थापनका लागि समस्या हुने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्नुपर्ने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij