Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जिप्रका मोरङको सेवा अनिश्चिनकालका लागि बन्द

जिप्रका मोरङको सेवा अनिश्चिनकालका लागि बन्द

  • काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अनिश्चिनकालका लागि बन्द गरेको हो ।

    AGNI GROUP

    आगजनीबाट प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । 

    जिल्ला प्रशासन कार्यालय मोरङले भनेको छ- 

    उपरोक्त सम्बन्धमा मिति २०७२/५/२४ गते मुलुकभर चलेको आन्दोलनको क्रममा आन्दोलनकारीहरू द्वारा यस कार्यालयमा गरेको तोडफोड र आगजनी का कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको र कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएको कारण यस कार्यालयबाट प्रवाह हुने सेवा‌ग्रही लक्षित सेवाहरू अर्को सूचना नआएसम्म‌का लागि स्थगित रहने व्यहोरा सवैमा जानकारी गराइन्छ । यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । सकेसम्म छिटो अविलम्व सेवा प्रदान गर्न हाम्रो प्रयत्न जारी रहेको व्यहोरा समेत जानकारी गराउदछौं ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij