Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ‘जेन-जी’ आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन् । आन्दोलनले सिंहदरबार, सर्वोच्च अदालत, र संसद भवनलगायतका सरकारी निकायमा क्षति पुगेपछि केही दिनका लागि पठनपाठन बन्द गरिएको थियो । अहिले अवस्था सामान्य बनेपछि विद्यालयहरूले पुनः पठनपाठन सुरु गरेका छन् ।
यद्यपि, अवस्था सामान्य हुँदै गर्दा आन्दोलन पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयले अनुमान गरेका छन् । आइतबार साँझ जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै नाराबाजी गरेको थियो ।
गुरुङ समूहले प्रधानमन्त्री कार्कीले जेन-जीसँग छलफल नै नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरूले आफूहरूको माग पूरा नभए आन्दोलन नरोकिने र पुनः सडकमा आउने चेतावनी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij