Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकामध्ये निजामती कर्मचारी (सिभिल) अस्पतालमा अझै पनि ९ जना उपचाररत रहेका छन् ।अस्पतालका अनुसार कुल ४६१ अस्पतालमा आएका घाइते बिरामीमध्ये ४४ जनालाई अन्य अस्पताल रेफर गरिएको छ ।
यस्तै, सामान्य उपचारपछि ३६६ जना डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएका ५१ मध्ये ४२ जना उपचार पछि घर फर्किएका छन् ।
अस्पतालका अनुसार यो अवधिमा भर्ना भएकामध्ये ५० जनाको शल्यक्रिया गरिएको थियो । भने ११ जनाको पुनः शल्यक्रिया गरिएको छ । सिभिल अस्पतालका अनुसार आन्दोलनका क्रममा अस्पतालमा ६ जनाको मृत्यु भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij