Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

  • काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४/३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।

    AGNI GROUP

    स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन ।

    प्रहरीले दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij