Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

  • काठमाडौं । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो ।

    AGNI GROUP

    २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ ।

    विगतका वर्षहरूमा गृहमन्त्रालयले संविधान दिवससम्बन्धी सूचना नै निकाल्ने गर्दथ्यो । संविधान दिवस मूल समारोह समिति गठन भएर दिवासको तयारी हुन्थ्यो ।

    संविधान दिवस मूल समारोह समितिले  सैनिक मञ्चमा कार्यक्रम नै राखेर अध्यक्ष संवैधानिक निकायका पदाधिकारीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकारका निजामती, प्रहरी लगायतलाई निम्ता गर्दथ्यो ।

    त्यस्तो कार्यक्रममा जंगी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवक, मजदुर, किसान, महिला, सामाजिक संघ संस्थासँग आबद्ध पदाधिकारीहरू एवं नागरिक समाज र उद्योग व्यवसायीका साथै समाजमा क्रियाशील सबै सामाजिक सघ संस्थाका सदस्यहरुलाई समेत आमन्त्रित गरिन्थ्यो ।

    यसपटक कस्तो कार्यक्रम गरेर संविधान दिवस मनाउने हो सरकारले प्रस्ट भनेको छैन । गृहमन्त्रालयका उपसचिव आचार्यले संविधान दिवस सामान्य रुपमा मनाउने तयारी रहेको जानकारी दिएका हुन् ।

    नेपाली सेनाले पनि सामान्यरुपमा संविधान दिवस मनाउने तयारी रहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij