Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

आन्दोलनमा मारिएका क-कसले पाउँछन् राहत ?

आन्दोलनमा मारिएका क-कसले पाउँछन् राहत ?

राहत पाउन पुर्‍याउनुपर्छ यी प्रक्रिया

  • काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्को त्यो निर्णय मंगलबारमात्रै गृह मन्त्रालयमा पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेको जानकारी दिए ।

    AGNI GROUP

    अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको सङ्ख्या ७३ जना छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि प्रक्रिया पुर्‍याउन पर्ने देखिएको छ । निर्णयमा लेखिएको छ, ‘सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।’

    यो निर्णयअनुसार क्षतिपूर्ति पाउन पहिला प्रहरीले आन्दोलनमा मृत्यु भएको हो कि होइन पुष्टि गर्नुपर्छ । प्रहरीले आन्दोलनमा मृत्यु भएको पुष्टि गरेपछि मृतक जुन जिल्लाको स्थायी बासिन्दा हो त्यो जिल्लाको प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखि पठाउँछ । 

    मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउँछन् ।

    मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने, असोज एक गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । त्यस्तै काठमाडौँको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया सहरी विकास मन्त्रालयले अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij