Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदी व्यवसायीलाई प्रहरीको आग्रह

'लुटिएकाे गरगहना बेच्न ल्याउन सक्छ बिल बिना नकिन्नु'

'लुटिएकाे गरगहना बेच्न ल्याउन सक्छ बिल बिना नकिन्नु'

  • काठमाडौं । प्रहरीले बिलबिजक नभएको सामानहरु किनबेच नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको एक विज्ञप्ति जारी गर्दै बिलबिजक नभएको सामानहरु खरिद बिक्रि नगर्न सुनचाँदी व्यवसायीहरुलाई आग्रह गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरीद नगर्न अनुरोध गरेको एसपी अपिलराज बोहराले जानकारी दिए ।

    AGNI GROUP

    २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरूलगायत व्यक्तिगत घर र भवनमा समेत आगजनी तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरेकाले उक्त आपराधिक समूहले लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरीद नगर्न अनुरोध गरेको एसपी अपिलराज बोहराले जानकारी दिए ।

    त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेका छन् । सूचनाको अवज्ञा गरी यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने उनले जानकारी दिए ।

    साथै यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२, नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij