Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गर्दै जरिवाना गरेको ।
समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गर्दै १० हजार डलर जरिवाना गरेको छ । एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएकोप्रति एएफसीले एन्फामाथि कारबाही गरेको हो।
एएफसीको अनुशासन समितिले प्रतियोगिताको नियमअनुसार १०६ दिनअघि नाम फिर्ता लिनुपर्नेमा एन्फाले सो नियम अनुसार नगरेको भन्दै नेपाललाई कारबाही गरेको जनाएको छ । साथै एएफसीले अर्को संस्करणको एएफसी फुटसल एसियन कपमा भाग लिन नपाउने भएको छ । त्यस्तै अनुशासन समितिले जरिवाना गरिएको रकम सेप्टेम्बर २१ सम्ममा तिर्न निर्देशन दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij