Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीन-अमेरिका बीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति

चीन-अमेरिका बीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति

  • काठमाडौं । चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधानका लागि सहकार्यमार्फत अघि बढ्ने प्रारम्भिक रूपरेखामा सहमति भएको छ । चीनका वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा उपमन्त्री ली चेंगगाङले यस्तो जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    स्पेनको म्याड्रिडमा सम्पन्न चीन-अमेरिका आर्थिक तथा व्यापारिक वार्ताका क्रममा दुई पक्षबीच टिकटकसहित अन्य विषयमा खुला एवम गहिरो छलफल भएको र त्यस क्रममा लगानी अवरोध घटाउने तथा पारस्परिक व्यापार-आर्थिक सहयोग प्रवद्र्धन गर्ने सहमति समेत भएको बताइएको छ ।

    AGNI GROUP

    यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा राष्ट्रप्रमुख तहको कूटनीतिले रणनीतिक मार्गनिर्देशन दिने अपरिहार्य भूमिका खेल्छ ।’

    उनले टिकटकसम्बन्धी विशिष्ट जानकारी भने सम्बद्ध निकायले सार्वजनिक गरिसकेको भन्दै थप विवरण नदिने बताए । विश्लेषकहरूले यो सहमतिको प्रारम्भिक रूपरेखालाई दुई मुलुकबीच हाल बिग्रँदै गएको सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij