Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु

एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु

  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित  ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    एनआरएनएका उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ को संयोजकत्वमा रहेको टोलीले शनिवारदेखि पुनर्निर्माणको काम थालेको हो ।

    AGNI GROUP

    शनिवार काम सुरु गर्नु  अघि उक्त टोलीले नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की, डिआइजी ओम राना, ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी, डिएसपी अमरेन्द्रप्रसाद सिंहलगायत उच्च प्रहरी अधिकारीसँग छलफल गरेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।

     देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्माण लागि झन्डै १ करोड रकम खर्च लाग्ने अनुमान गरिएको संयोजक मनोज गोर्खालीले बताए  ।

    सडक सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण स्थानको रूपमा रहेको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि लाग्ने सबै खर्च एनआरएनएले नै व्यहोर्ने निर्णय भएको संघका अध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए । उनले ट्राफिक प्रहरीसँग समन्वयका लागि उपाध्यक्ष गोर्खालीलाई जिम्मेवारी दिइएको बताउँदै काठमाडौँमा भएका एनआरएन अभियन्ताहरूलाई सामाजिक कार्यमा जुट्न आग्रह पनि गरे । पहिलो दिन एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर, सल्लाहकार उमेश पुडासैनी, महिला संयोजक तथा डिजास्टर सहसंयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, एनसीसी कतारका पूर्व उपाध्यक्ष उत्तम गुरुङ, युवा उद्यमी कमिटी अध्यक्ष तथा समाजसेवी नारायण भण्डारी, सदस्यहरू प्रदीप खनाल, मनिष उप्रेती, नीराजन खत्री लगायतको  सहभागिता रहेको थियो ।

    पहिलो दिन रङ रोगनसहित आवश्यक संरचनाका लागि काम सुरु भएको छ ।

    बग्गी खाना ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक संरचनासहित पुनर्निर्माण हुने भएपछि मुलुकभरको ट्राफिक व्यवस्थापन अझै प्रभावकारी आधुनिक र वैज्ञानिक हुने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij