Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । आइतबार बिहान काठमाडौँ महानगरपालिका-१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनले भने, ‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन ।’
उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij