Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाकिस्तानमा तीन ट्रान्सजेन्डरको शव भेटियो

पाकिस्तानमा तीन ट्रान्सजेन्डरको शव भेटियो

  • काठमाडौं । पाकिस्तानको कराँची प्रहरीले शहरको सडक किनारमा तीन ट्रान्सजेन्डर व्यक्तिको शव फेला परेको बताएको छ । यो ट्रान्सजेन्डर समुदाय विरुद्धको हिंसाको अर्को घटना हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार उनीहरूलाई अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए र उनीहरूको शव मेमन गोठ क्षेत्रमा फेला परेको थियो ।

    AGNI GROUP

    “राजमार्गमा गोली लागेका तीन ट्रान्सजेन्डर महिलाको शव फेला परेको छ,” कराँचीका प्रहरी अधिकारी जावेद अहमद अब्रोले एएफपीलाई बताए ।

    अधिकारीहरूले उनीहरूको पहिचान पुष्टि भइरहेको र हत्याको कारण अझै थाहा नभएको बताएका छन् । मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानमा ट्रान्सजेन्डर व्यक्तिहरू विरुद्ध हुने हिंसामा चिन्ताजनक वृद्धि भएको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij