Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कानुन निर्माणको महत्व कार्यान्वयनबाट पुष्टि हुन्छ, महानगरमा २० हजारले पाए छात्रवृति- बालेन शाह

कानुन निर्माणको महत्व कार्यान्वयनबाट पुष्टि हुन्छ, महानगरमा २० हजारले पाए छात्रवृति- बालेन शाह

  • काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले यस बर्ष २० हजारभन्दा बढीलाई छात्रवृति दिएको छ । महानगरका प्रमुख बालेन शाहले एउटा कानुन कार्यान्वयनले यो बर्ष २० हजार भन्दा धेरै विद्यार्थीले छात्रवृति पाएको जानकारी दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    बालेनले कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोश्रो वर्ष १९ हजार र यो बर्ष १ देखि १० सम्म १६ हजार ९८० र ११ मा ३ हजार ३०२ गरि जम्मा २० हजार २८२ ले करिब २ अर्ब २५ करोड बराबरको छात्रवृति पाएको जानकारी दिएका हुन् । 

    AGNI GROUP

    बालेनले यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको जानकारी दिदै १६ हजार ९८० जनाले छात्रवृति पाएको बताएका छन् ।केहि बिद्यालयले हाल सम्म विवरण नबुझाएको र उनीहरुलाई यथाशिघ्र विवरण बुझाउन अनुरोध गरेका छन् । 

    विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने बताएका छन् । साथै उनले प्राप्त भएको विवरणको पनि नुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेका छन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने बताउदै बालेनले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

    साथै उनले कक्षा ११ को छात्रवृति केन्द्रिकृत प्रणाली बाट र कक्षा १-१० को लागि ऐन को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट बिद्यालय व्यवस्थापन समितिले वितरण गरे अनुसार प्राप्त भएको विवरण रहेको भन्दै सबै विवरण कानुनअनुसार वेबसाइटमा सार्वजनिक गरेको जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij