Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

देवरद्धारा भाउजूमाथि एसिड प्रहार

देवरद्धारा भाउजूमाथि एसिड प्रहार

एक हजार रुपैयाँ नदिएको निहुँमा

  • काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–९ धोबियारीमा देवरले भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो एक हजार रुपैयाँ नदिएको निहुँमा २५ वर्षीय श्रवण साहले आफ्नी भाउजू २२ वर्षीया रागिनी देवी साहलाई एसिड प्रहार गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गम्भीर घाइते भएकी रागिनीलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।

    AGNI GROUP

    परिवारका अनुसार घटना पैसाको लेनदेनको विवादसँग जोडिएको छ । श्रवणले दाजु सन्तोष साहकी श्रीमतीसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले तत्काल दुई हजार रुपैयाँ दिएकी थिइन् । तर बाँकी एक हजार रुपैयाँ नपाएपछि विवाद चर्किँदै हिंसामा परिणत भएको जनाइएको छ ।

    घटनापूर्व श्रवणले आफ्ना दाजुलाई समेत ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । घटनापछि आरोपी श्रवण साह फरार रहेका छन् । प्रहरीले उनलाई खोजी कार्य जारी रहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij