Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । साउथ फिल्मका अभिनेता यशको फिल्म 'केजीएफ-२' प्रदर्शनको तयारीमा रहेको छ । यस फिल्म जुलाई १६ मा रिलिज हुँदैछ । भारतिय मिडियाका अनुसार 'केजीएफ-२' प्रदर्शनको हुने दिन राष्ट्रिय बिदा दिन माग गरिएको छ ।
यस फिल्मका प्रशंसकले रिलिज भएको दिन राष्ट्रिय बिदा दिनुपर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । उक्त दिन विदाको लागि प्रधानमन्त्री मोदीलाई ’यश फ्यान ग्रुप’ ले ट्विटरमा पत्र लेखेको बताइएको छ । अहिले उक्त पत्र सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
उक्त पत्रमा लेखिएको छ - 'हामी सबैलाई थाहा छ यशको फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ। दर्शकहरु फिल्म हेर्न प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं। यो फिल्म हाम्रो भावना हो। भावना बुझ्ने प्रयास गरिदिनुस्।'

तीन साता अघि रिलिज भएको फिल्म 'केजीएफ-२' को ट्रेलर पनि दर्शकले निकै रुचाएका छन् । हालसम्म यस ट्रेलरलाई १६ करोड ५५ लाख बढीले हेरिसकेका छन् । प्रशान्त निलले निर्देशन गरेको केजीएफको टीजर फिल्म 'केजीएफ-२' को टिजरमा यशको एक्सन सीन देखाइएको छ ।
तेलेगु, तमिल, मलायालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुने यस फिल्ममा यश र रविनाको मूख्य भुमिका रहेको छ । फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गरेका छन् । फिल्ममा बलिउड अभिनेता संजय दत्त अधिराको भूमिकामा देखिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij