Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेन जी आन्दोलनमा फेसबुकमा स्टाटस लेखेर पार्टी छाडेको घोषणा गरेका झापाका केही नेता नेकपालाई एमालेले निष्कासन गरेको छ । शिवशताक्षी नगर कमिटीले नगर कमिटी उपाध्यक्ष विष्णुप्रसाद प्रसाईँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
उनी वडा नम्बर ४ का अध्यक्ष समेत हुन् । भदौ २४ को आन्दोलनको क्रममा एमाले छाडेको घोषणा गरेका थिए ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सिकिन पासवान र जिल्ला सदस्य अग्नी कार्कीलाई पनि कारबाहीको सिफारिस गरिएको छ । पासवान शिवसताक्षी-५ का वडाध्यक्ष हुन् ।
एमाले झापाका सचिव तुलसी कार्कीले कारबाहीको सिफारिस भए पनि पत्र आइनसकेको बताए । पासवान र कार्कीमाथि अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर माई खोलामा बगाएको आरोप लागेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij