Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

पार्टीका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

पार्टीका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

  • काठमाडौं । सरकारले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २३ र २४ गते जेन्जी आन्दोलनमा भएको दमन र भ्रष्टाचारलगायत घटनाहरूको अनुसन्धान गर्न उनीहरूको राहदानी रोक्का गर्न लागिएको बताइएको छ । खासगरी निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवम् नेपाली कांग्रेका नेता रमेश लेखकमाथि सरकारले उच्च निगरानी गरिरहेको बताइएको छ ।

    AGNI GROUP

    जेन्जी आन्दोलनमा भएको दमनको घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री स्वत: दोषी हुने भन्दै उनीहरूमाथि तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग चर्किरहेका बेला सरकारले उनीहरूको राहदानी रोक्का गर्नेबारे छलफल गरिरहेको विषय बाहिरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij