Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । विराटनगर ८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा सञ्चालित तासको खालमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ घर भई विराटनगर–८ मा बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४३ वर्षीय शंकर थापा, विराटनगर–८ का ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का र मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई रहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पक्राउ परेकाको साथबाट ९७ हजार रूपैयाँभन्दा बढी नगर बरामद भएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij