Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो

बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो

  • काठमाडौँ । बाजुरामा सोमबार राती देखि लगातार वर्षा भईरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार रातिदेखि लगातार वर्षा भईरहेकोले चिसो समेत बढेको छ । लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भु–भागमा हिमपात समेत भएको छ।

    AGNI GROUP

    बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । बिशेषगरी बडीमालिका नगरपालिका,गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ ।

    केही दिन देखि चर्काे घामले सुख्खा रहेको बाजुरामा सोमबार राती देखि भने लगातार वर्षा भईरहेको छ ।  वर्षा सूरु भएएछि स्थानीय कृषकहरु भने खुसी भएका छन् ।वर्षा भएसंगै  सडकखण्ड हिलाम्मे भएका छन्।

    सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधानहरुलाई सडकखण्ड चिप्लो भए पछि समस्या भएको छ । लगातार पानी परेपछि अत्यन्तै जाडो बढेकोले अहिले स्थानीय घरभित्रै आगो बालेर बसिरहेका छन्।

    सदरमुकाम मार्तडी बजारमा पनि चहलपहल न्यून छ । चिसोले मानिसको आवतजावत ठप्प जस्तैः छ । लगातार बर्षाका कारण बालबालिका वृद्धवृद्धा बढि प्रभावित बनेका छन्।पानी परेर चिसो बढेकोले स्थानीयलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न आग्रह गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij