Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नोबेल शान्ति पुरस्कारको घोषणा आज नर्वेको राजधानी ओस्लोमा गरिदैछ । नेपाली समय अनुसार करिब २स् ४५ बजे नोबेल समितिले यस बर्षको शान्ति पुरस्कारको घोषणा गर्दैछ ।
नोबेल शान्ति पुरस्कारका लागि यस वर्ष २४४ व्यक्ति र ९४ संस्थासहित ३३८ जनाको मनोनयन दर्ता भएको बताइएको छ । तीमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबैभन्दा बढी चर्चामा छन् । उनले बारम्बार यो पुरस्कारको हकदार आफु भएको बताउदै आएका छन् । उनले भारत र पाकिस्तान बीचको युद्धसहित कैयौं युद्ध रोकेर विश्वमा शान्ति ल्याउन भूमिका खेलेको दाबि गर्दै आएका छन् । साथै पछिल्लो पटक गाजामा युद्धविरामको सहमति भएपछि उनको नाम नोबेल शान्ति पुरस्कारका लागि फेरी एकपटक चर्चामा रहेको छ । उनका नजिककासहित ह्वाइट हाउसले नै 'द पिस प्रेसिडेन्ट' भन्दै प्रचार समेत गरिरहेका छन् ।
पाकिस्तान र इजरायल जस्ता कट्टर प्रतिद्वन्द्वीहरूले पनि ट्रम्पलाई नोबेलको लागि मनोनयन गरेका थिए । पाकिस्तानले भारतसँगको युद्धविराममा ट्रम्पले भूमिका खेलेको दाबी गरेको छ भने इजरायलले इरानसँगको युद्धमा युद्धविरामको लागि ट्रम्पलाई मनोनयन गरेको छ ।
त्यस्तै नोबेल शान्ति पुरस्कारका लागि चर्चामा रहेका अन्य नाममा पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान, टेस्लाका प्रमुख एलन मस्क, मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र पोप फ्रान्सिस (जसको अप्रिलमा निधन भयो) लगायत रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij