Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीले सहकारी ठगबारे भनिन्– पीडित रुँदै हिँड्नुपर्ने अवस्थाकाे अन्त्य गरौँ

प्रधानमन्त्रीले सहकारी ठगबारे भनिन्– पीडित रुँदै हिँड्नुपर्ने अवस्थाकाे अन्त्य गरौँ

‘अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ । यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो । यसैका लागि आएको हो,’

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिएकी छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी मन्त्रीमा अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    सो क्रममा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताइन् ।

    AGNI GROUP

    ‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू सुनका घडी लगाएर हिँड्छन् । महँगा गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन् । उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं,’ प्रधानमन्त्रीले स्पष्ट रुपमा भनिन्, ‘जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ।’

    ‘अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ । यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो । यसैका लागि आएको हो,’ उनले भनिन् । सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ ।

    ‘हामीले नगरे कसले गर्ने रु यही सरकारले गर्छ । पीडितचाहिँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्योचाहिँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुनु हुँदैन,’ प्रधानमन्त्रीले भनिन् ‘यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij