Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हरेक दिन नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

हरेक दिन नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

  • काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

    AGNI GROUP

    जसअनुसार शुक्रबार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।

    यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    यसैबिच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij