Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरबारमा कूटनीतिक निकायहरूसँग प्रधानमन्त्रीको छलफल जारी

सिंहदरबारमा कूटनीतिक निकायहरूसँग प्रधानमन्त्रीको छलफल जारी

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकायहरूसँग छलफल थालेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट छलफल चलिरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाइएको हो । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरू सहभागी छन् ।

    AGNI GROUP

    बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ । प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् ।

    मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी कार्कीले संसद विघटन गरेपछि निर्वाचन घोषणा भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij