Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विपिन जोशीको शव भोलि दिउँसो काठमाडौं ल्याइँदै

विपिन जोशीको शव भोलि दिउँसो काठमाडौं ल्याइँदै

  • काठमाडौं । हमासद्वारा इजरायलबाट अपहरणमा परी मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार दिउँसो नेपाल ल्याइने भएको छ । फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएका उनको शव भोलि दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

    onlinepatrika
    Arghakhachi

    अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशीलाई गत २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको थियो । उनलाई किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएको थियो । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते मात्रै उनको मृत्यु भएको आधिकारिक जानकारी दिइएको थियो ।

    AGNI GROUP

    इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई दिएको शव डीएनए परीक्षणबाट उनकै भएको पुष्टि भएको थियो । फरेन्सिक जाँचमा अपहरण भएताका नै उनको मृत्यु भएको पाइएको जनाइएको छ ।

    स्रोतका अनुसार, विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij