Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ४३ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो प्रतिकिलो ६४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ रहेको छ । 

    AGNI GROUP

    यस्तै, गाजर (लोकल) प्रतिकिलो  ११० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १२० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७५ रुपैयाँ, तने बोडी प्रतिकिलो १५० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ,मटरकोशा ३०० रुपैयाँ कायम भएको छ । 

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो २२० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ८० रुपैयाँ, तीतो करेला प्रतिकिलो ८५ रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ७५ रुपैयाँ, घिरौँला प्रतिकिलो ९५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ८० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।

    पिँडालु प्रतिकिलो ६५ रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो १६० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २२० रुपैयाँ, चमसुर प्रतिकेजी २४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३२० रुपैयाँ, कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ , जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, सेलरी प्रतिकिलो २४० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो २५० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।
    समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ४० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ४५ रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij