Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी

लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी

  • काठमाडौं । दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    लालबन्दी नगरपालिका – ५ मेजरगन्जमा राति साढे ११ बजेतिर कैलाश साहको किराना गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो ।

    AGNI GROUP

    नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको लालबन्दी प्रहरीले जनाएको छ । मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भएको छैन ।

    त्यस्तै, कविलासी नगरपालिका–१, पिपरियामा बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगलागी हुँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ ।

    यस्तै, चक्रघट्टा गाउँपालिका–५ का श्यामसुन्दर रायको घरमा विद्युत सर्ट भएर लागेको आगोले कपडा, पंखा र केही नगद जलेर करिब ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

    तीनै ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीको समयमै सक्रियताका कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij