Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जापानले आफ्नो इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नेतृ सनेई तकाइची दुवै सदनमा बहुमत हासिल गर्दै प्रधानमन्त्री पदमा निर्वाचित भएकी छन् ।
हत्या गरिएका पूर्वप्रधानमन्त्री शिन्जो आबेका राजनीतिक शिष्य समेत रहेकी ६४ वर्षीया तकाइचीले मंगलबार ४६५ सदस्यीय तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी हुन् । यसअघि उनले दुई पटक प्रधानमन्त्री बन्न प्रयास गरेकी थिइन् । दक्षिणपन्थी विचारधाराकी नेतृका रूपमा चिनिने उनी जापानमा ‘आयरन लेडी’ का नामले पनि परिचित छिन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij