Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा

मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा ४ नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउनुअघि आन्तरिक छलफलमा जुटेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नयाँ मन्त्रीमा सिफारिस गरिएकामध्ये खगेन्द्र सुनारको नाम विवादमा परेपछि उनले यसमा समीक्षा गर्न लागेको स्रोतले बतायो । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री कार्की आफ्नो मन्त्रिपरिषदमा विवादित व्यक्तिहरू नपरुन् भन्नेमा सचेत देखिएकी छन् ।

    AGNI GROUP

    सुनार नेपाल प्रहरीको फरार सूचीमा रहेको सार्वजनिक गरेपछि उनले गम्भीर रूपमा लिएको स्रोतले बतायो ।

    ‘उहाँ अहिले मन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । सम्भवतः एक जना मन्त्रीको नाममा पुनर्विचार हुन सक्छ,’ बालुवाटार स्रोतले भन्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij