Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट

  • काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिका आगजनी घटनामाथि जाँचबुझ गर्न गठन गरिएको आयोगका पदाधिकारीहरूलाई काम कारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन् ।

    AGNI GROUP

    रिट निवेदनमा आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र पक्षपाती ढंगले काम गरिरहेको तथा सदस्य भण्डारीले पनि त्यसबारे कुनै प्रश्न उठाउन नसकेको आरोप लगाइएको छ ।

    सरकारले जेनजी आन्दोलनपछि भएका जनधनका क्षतिबारे अध्ययन र छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

    आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघका विभिन्न नियोगमा काम गरेका अधिवक्ता विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij