Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवा दम्पति सिंगापुर प्रस्थान

देउवा दम्पति सिंगापुर प्रस्थान

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर गएका छन् । गएराती सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर गएका हुन् ।

    onlinepatrika
    Arghakhachi

     गत भदौ २४ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाको  गर्धनमा १२ टाँका लगाइएको थियो । थप उपचारका लागि देउवा दम्पती सिंगापुर गएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणमा परेका देउवा दम्पति असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij