Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

  • काठमाडौं । मंगलबार सुनको मूल्य थप घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ ।

    AGNI GROUP

    अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ । तिहारपछि सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घट्नुको मुख्य कारण : अमेरिका र चीनबीचको व्यापारिक तनाव कम हुनु हो । अमेरिका र चीनबीच हुने व्यापारिक सम्झौताको ड्राफ्टमा सहमति जुटेसँगै सुनचाँदीको भाउ घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक सबलतामा सबैभन्दा ठूला शक्ति राष्ट्रबीचको यो सहमतिले सुनको माग घटेसँगै मूल्यमा कमी आएको हो । अर्कोतर्फ यसले विश्वको सेयर बजारलाई सकारात्मक प्रभाव पारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij