Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । मंगलबार शेयर बजार ६२.२९ अंकले बढेर २५७१ अंकमा पुगेको छ । प्रारम्भमा केही मिनेट बजार रातो देखिए पनि त्यसपछि हरियो भएर दिनभर स्थिर रह्यो ।
कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ । अघिल्लो आइतबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । आज २३६ कम्पनीको मूल्य बढ्दा १२ कम्पनी घटेर २ स्थिर रहे ।
विकास बैंक समूह ४.४७ प्रतिशतले बढ्दै सबैभन्दा बढी लाभमा रह्यो । त्यसपछि हाइड्रोपावर ३.९०, जीवन बीमा ३.५५, लगानी ३.१९, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४, बैंकिङ १.९२, अन्य १.९१ र उत्पादन तथा प्रशोधन समूह ०.३७ प्रतिशतले बढे ।
न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले उक्लिएको छ । राधि विद्युतको ९.६०, लुम्बिनी विकास बैंकको ९।३५, सिंगटी हाइड्रो इनर्जीको ८.२१ र फर्स्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशतले वृद्धि भएको छ ।
हिमालयन पावर पार्टनरको मूल्य ६.३६ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। युनिलिभर नेपाल ३.८८ र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij