Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन, को को छन् न्यायाधीश ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन, को को छन् न्यायाधीश ?

  • काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संबैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित  न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् । संवैधानिक इजलासमा आजदेखि प्रतिनिधिसभा विघटनविरुद्ध १६ रिटमाथि प्रारम्भिक सुनुवाई शुरु गर्ने भएको छ ।

    AGNI GROUP

    अधिवक्ताहरू शेरबहादुर रोकाया, विमल पोखरेल,आभाष पोखरेल, दल बहादुर धामी, खड्कबहादुर शाहलगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर  गरेका थिए । सांसद समेत नरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

    लगत्तै मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्दै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै ६ महिनाभित्र फागुन २१ गते चुनावको मिति तोकेरनै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij