Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धारा ९जगन्नाथदेवल०बाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ नर्जा घर भएका ३१ वर्षीय आदम तामाङ छन् । उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बुधबार साँझ तारकेश्वर नगरपालिका–६ जितपुर फेदीबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएर उनी कैद भुक्तान गर्दै थिए । २४ भदौको जेनजी आन्दोलनको बेला उनी भागेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij