Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मुस्ताङको हिमपातमा फसेका १५ जना पर्यटकको नेपाली सेनाद्वारा उद्धार

मुस्ताङको हिमपातमा फसेका १५ जना पर्यटकको नेपाली सेनाद्वारा उद्धार

  • काठमाडौं । मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई नेपाली सेनाको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि सुरक्षित रूपमा फेला पारेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले करिब ४,९०० मिटर उचाइमा रहेको बतासेडाँडा क्षेत्रमा उनीहरूलाई कार्तिक १४ गते फेला पारेको हो । उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।

    AGNI GROUP

    उनीहरूलाई सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक (गाइड) सहितको संयुक्त उद्धार टोलीले जोमसोम ल्याउने कार्य जारी राखेको छ ।

    हिडन भ्याली क्षेत्रमा परेको लगातार हिमपातका कारण ती पर्यटकहरू तीन दिनदेखि सम्पर्कविहीन भएका थिए । कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको भए पनि नेपाली सेनाको टोलीले लगातार प्रयास जारी राखी सफलतापूर्वक उनीहरूलाई उद्धार गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij