Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नर्सहरुको आन्दोलन जारी रहने

नर्सहरुको आन्दोलन जारी रहने

  • काठमाडौँ । नेपाल नर्सिङ संघ सरकारसँग भएको सहमतिबाट पछि हटेको छ । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राख्दै ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक वाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापीरुपमा ठप्प पार्ने घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संघले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुदा नम्बर १ मा सरकारी सरह न्युनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भएता पनि बाँकि बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ ।

    AGNI GROUP

    संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दवाव, प्रभाव, डर, त्रास वा धम्कि नदिन समेत सचेत गराएको छ । त्यसैगरी आन्दोलनका कारण विरामीलाई पर्न जाने प्रत्यक्ष अप्रत्यक्ष असर र अन्य असुविधा प्रति क्षमायाचना गर्दै यसवाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्वन्धित स्वास्थ्य संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij