Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा

राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरिएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    विदेशी विनिमय व्यवस्थापन विभागमा रहेका रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पुर्‍याइएको छ । उनको ठाउँमा किरण पण्डितलाई ल्याइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा थिए ।

    AGNI GROUP

    बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरुप्रसाद पौडेललाई मानव संशाधन व्यवस्थापन विभागमा पुर्‍याइएको छ । मुद्रा व्यवस्थापन विभागमा रहेका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा पुर्‍याइएको छ ।

    त्यस्तै, विश्रुता थापालाई मानव संशाधन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभागमा पुर्‍याएको छ भने मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मालाई गभर्नरको कार्यालय तानिएको छ ।

    कार्यकारी निर्देशन सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभाग, रोशन कुमार सिग्देललाई बैंकिङ विभाग, अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग र राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij