Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

  • काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनी सचिव हिमलाल पौडेलका अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

    AGNI GROUP

    बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउँछन् ।

    त्यस्तै, बैंक सञ्चालक समितिको बैठकले सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij