Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ । आँधीमा परेर फिलिपिन्समा १८८ जना र भियतनाममा पाँच जनाको मृत्यु भएको हो ।
बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य भियतनामबाट बाहिरिएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर अघि बढिरहेको छ । मध्य भियतनामको तटीय किनार क्षेत्र रातभर आँधीको चपेटमा पर्दा बिहान फोहरको थुप्रो देखिन्छ ।
तीव्र गतिको हावाले रुखहरू ढलेका छन् भने घरका छत समेत उडाएको छ । थुप्रै आवासीय भवनमा क्षति पुगेको छ ।
हजारौं मानिस विद्यालय र अन्य सार्वजनिक भवनमा शरण लिइरहेका छन् । क्षति विवरण संकलन र उद्धारमा सेना तैनाथ भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij