Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनले हटायो कारमा प्रयोग हुने चिप्समाथिको निर्यात नियन्त्रण

चीनले हटायो कारमा प्रयोग हुने चिप्समाथिको निर्यात नियन्त्रण

  • काठमाडौं । चीनले कार बनाउन प्रयोग हुने कम्प्युटर चिप्समाथिको निर्यात नियन्त्रण हटाएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले यो जानकारी दिएको हो । 

    onlinepatrika
    Arghakhachi

    यसले चिनियाँ स्वामित्वमा रहेको कम्पनी नेक्सेरियालाई नागरिक प्रयोगको लागि चिप निर्यात गर्न छुट दिएको छ । चीनले चिपको निर्यात कसिलो बनाएपछि युरोपमा आफ्नो उत्पादन प्रभावित हुने हो कि भनेर डराएका कार निर्माताहरूलाई चीन सरकारको पछिल्लो निर्णयले मद्दत गर्ने देखिएको छ । 

    AGNI GROUP

    यसको साथै चीनले चिपका लागि महत्त्वपूर्ण केही सामग्री अमेरिकामा निर्यात गर्न लगाइएको प्रतिबन्ध पनि हटाएको छ । यो घोषणाले चीन र अमेरिकाबिचको व्यापार तनाव कम हुने संकेत गरेको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्काका देशहरूमा लगाइएका करहरू घटाउन सहमत भएको केही दिनपछि यो निर्णय आएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij