Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुदैन- प्रधानमन्त्री कार्की

पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुदैन- प्रधानमन्त्री कार्की

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन् । कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उहाँले बैठकको अध्यक्षता गरेकी हुन् ।

    AGNI GROUP

    उनले बैठकमा भनिन्-

    'धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन् । परम्पगत मान्यता र रीतिथितिहरु हुन्छन् । ती हाम्रा मौलिक संस्कृति हुन् । यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ । संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ। यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो । पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन । दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन । यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ । धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन । यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij