Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल

नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल

  • काठमाडौँ । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सिटीको प्रसिद्ध विश्वविद्यालय जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विले नगर प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार, पर्यटनका सम्बन्धमा दुईपक्षिय समन्वय तथा सहकार्यको सम्भावनाका विाष्यमा लगायतका विषयमा छलफल भएको छ । 

    AGNI GROUP

    साथै वैकल्पिक ऊर्जाको विकास तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, दुईपक्षिय सांस्कृतिक आदान प्रदान लगायतका विषयमा समेत छलफल भएको छ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुचाउ सिटीमा समेत सिधा उडान सञ्चालनका लागि त्यहाँको तर्फबाट हुनसक्ने सम्भावित पहलका विषयमा आफूले कुरा राख्ने प्रोफेसर विले बताए ।

    नगरप्रमुख आचार्यले पर्यटन राजधानी पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने गरी चीनका विभिन्न नगरहरूसँगको सहकार्यमा पोखरा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन भइरहेको उल्लेख गर्दै सुचाउ सिटी वा विश्वविद्यालयको तर्फबाट सहभागिताका लागि आग्रह गरे । शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार, पर्यटनका सम्बन्धमा दुईपक्षिय आदानमा प्रदानमा उनले जोड दिए । 

    सप अवसरमा प्रोफेसर विले पोखरा महानगरपालिकासँग सहकार्यका लागि आफूहरू तत्पर रहेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij