Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

समाजवादी मोर्चाबाट अलग भयो विप्लव नेतृत्वको नेकपा

समाजवादी मोर्चाबाट अलग भयो विप्लव नेतृत्वको नेकपा

  • काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले समाजवादी मोर्चाबाट अलग भएको छ । विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष रहेको भन्दै समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् । 

    AGNI GROUP

    उनले विज्ञप्तिमा भनेका छन्:

    २०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौं । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभव बनेन ।

    जेन - जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरुमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागि बन्दै छन्। व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij