Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मधेश प्रदेश विवाद

सभामुखलाई उपसभामुखको काउन्टर

सभामुखलाई उपसभामुखको काउन्टर

  •  

    onlinepatrika
    Arghakhachi

    जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन भएपछि शुरु भएको विवादले नयाँ मोड लिएको छ । विहिबार आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अबेर राति प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गर्न गरेको निर्णय उपसभामुख बबिता कुमारी राउत ईश्वरले बदर गरिदिएकी छिन् ।

    AGNI GROUP

    सभामुखले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारालाई पदमुक्त गरिदिएका थिए ।

    सभामुखको यस निर्णयपछि उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरेकी छन् ।

    साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी छन् ।

    सभामुख मण्डल एमालेबाट धनुषा १९२० बाट प्रदेश सभामा निर्वाचित भएका हुन् भने सप्तरीकी राउत जनमत पार्टीबाट समानुपातिक सांसद हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij