Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको पुणेमा दुर्घटना ९ को मृत्यु

भारतको पुणेमा दुर्घटना ९ को मृत्यु

ब्रेक फेल भएको एक ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन् ।

  • काठमाडौं । भारतको पुणे शहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै बिहीबार साँझ सडक दुर्घटना भएको छ । ब्रेक फेल भएको एक ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    दैनिक भास्करको समाचारअनुसार एउटा ट्रकको ब्रेक फेल भयो र त्यसले सुरुमा एक कारलाई ठक्कर दियो । ठक्करपछि कार अगाडि रहेको कन्टेनरसँग ठोक्कियो, जसका कारण आगो लाग्यो । ठक्कर दिने ट्रकमा पनि आगो सल्कियो र जल्यो । दुर्घटनामा कारभित्र रहेका पाँच जना जिउँदै जलेको समाचारमा उल्लेख छ ।

    AGNI GROUP

    मृत्यु हुनेहरूमा ट्रक चालकसहित नौ जना रहेका छन् । प्रहरीका अनुसार यो दुर्घटना पुणे नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो । दुर्घटनापछि प्रहरी र दमकलका गाडीहरू तत्काल घटनास्थलमा पुगेका थिए । उनीहरूले आगो नियन्त्रणमा लिएर उद्धार कार्य अगाडि बढाएका थिए । दुर्घटनामा घाइते भएका  करिब २० जनालाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij